कोरोना भाइरस : एकजना निगरानीमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एक जनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
विशेषगरी भाइरस सङ्क्रमण भएको क्षेत्रबाट आएका मानिस र शङ्कास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ । यसअघि चार जनामा गरिएको परीक्षणमा माघ ९ गते एक जनामा सङ्क्रमण भएको फेला परेको थियो ।
उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन कोरोनाको अवस्थाबारे उच्चतहको बैठक बसेर छलफल थालिएको छ ।
आज साँझ बसेको उक्त बैठकले नेपालमा चीनको सङ्क्रमित क्षेत्र उवान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिए पनि अहिलेसम्म कसैमा सङ्क्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।
जनमानसमा नकारात्मक सन्देश जानसक्ने भएकाले मन्त्रालयले हरेक दिन बैठक बस्ने र नियमित पत्रकार सम्मेलन गरी जानकारी दिन थालेको छ ।
बैठकमा सङ्क्रमण फैलनसक्ने भएकाले सबै क्षेत्रमा उच्च निगरानी राख्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ ।
आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्न भनिएको श्रेष्ठले जानकारी दिए । यो नयाँ रोग भए पनि रुघाखोकीसँग मिल्दोजुल्दो रहेको चिकित्सकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य