शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फरार अभियुक्त पक्राउ

बुधबार, १५ माघ २०७६, २० : ३७
बुधबार, १५ माघ २०७६

आफ्नै साथीको हत्या गरी फरार भएको भनिएका व्यक्ति आज पक्राउ परेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई हत्या आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको हो । 

उनीमाथि विसं २०७२ माघ २९ मा ललितपुर उपमहानगरपालिका–३ धोवीघाटस्थित  निर्माणाधीन घर कुर्न बसेका ३० वर्षीय सुरेशकुमार साहलाई हत्या गरेको आरोप छ । मादक पदार्थ पिएपछि विवाद हुँदा मियाँले इँटा र रड प्रहार गरी हत्या गरेर फरार भएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । 

उनलाई काठमाडौँको कीर्तिपुर नगरपालिका–२ बाट ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप