शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुपर ओभरमा भारतले मार्यो बाजी

बुधबार, १५ माघ २०७६, २० : ३४
बुधबार, १५ माघ २०७६

एजेन्सी । न्युजिल्यान्डविरुद्धको तेस्रो टी–२० क्रिकेट खेलमा भारतले सुपर ओभरमा बाजी मारेको छ । जितसँगै पाँच खेलको सिरिज भारतले दुई खेल अगाडीनै जितेको छ । सुपर ओभरमा गएको खेलमा भारतले अन्तिम बलमा जित निकालेको थियो ।

जितको लागि सुपर ओभरमा १८ रनको विजय लक्ष्य पाएको भारतले अन्तिम बलमा रोचक जित निकाल्यो । टिम साउथीले अन्तिम दुई बलमा दुई वटै छक्का हानेका थिए । भारतले सुपर ओभरमा २० रन बनायो । सुपर ओभ।मा न्युजिल्यान्डले १७ रन बनाएको थियो ।

यसअघि एक सय ८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेको क्षतिमा एक सय ७९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । 

न्युजिल्यान्डका लागि विलियम्सनले ९५ रन बनाए । ओपनर मार्टिन गुप्टिलले ३१ र कोलिन मुनरो १४ रन बनाए । भारतका शार्दुल ठाकुर र मोहम्मद शामीले दुई दुई तथा युजभेन्द्र चहल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७९ रन बनाएको थियो । भारतका ओपनर रोहित शर्माले सर्वाधिक ६५ रन बनाए । 

विराट कोहलीले ३८, लोकेश राहुलले २७, श्रेयस ऐरले १७, मनिष पाण्डले १४ र रविन्द्र जडेजाले अविजित १० रन बनाए । न्युजिल्यान्डका हमिश बेनेटले तीन विकेट लिए । मिचेल सान्टनार र कोलिन डी ग्रान्डहोमले एक एक विकेट लिए । भारत पहिलो खेलमा ६ विकेट र दोस्रोमा सात विकेटले विजयी भएको थियो । चौथो खेल शुक्रबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप