शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवा र परालले पुरेको अवस्थामा युवकको शव भेटियो

बुधबार, १५ माघ २०७६, २० : २१
बुधबार, १५ माघ २०७६

मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव  भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ ।

माघ ९ गते घुम्न भन्दै मे १०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका कट्वालको शव केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो ।

विराटनगर महानगरपालिका– ४ मा युवकको हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रहरीका अनुसार कट्वाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप