बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सोह्र महिनापछि क्यान्सर अस्पतालमा अध्यक्ष

बुधबार, १५ माघ २०७६, १९ : ०१
बुधबार, १५ माघ २०७६

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १६ महिनापछि अध्यक्ष पाएको छ । मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले अध्यक्षमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको हो । 

लामिछाने सोही अस्पतालमा वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ अस्पतालका उपनिर्देशक भएर काम गर्दै आएका छन् ।

विसं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो । तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो । यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप