बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश

बुधबार, १५ माघ २०७६, १८ : ५४
बुधबार, १५ माघ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पेश गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम प्रतिवेदन पेश गरे ।

उक्त निर्वाचनमा २०७६ साल फागुन २० गतेदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यमध्ये १८ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा सात प्रदेशबाट महिला समूहतर्फ सात जना, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्पm दुई र अन्य समूहतर्पm सात जना निर्वाचित भएका छन् ।

प्रतिवेदनमा राष्ट्रियसभा गठनसम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्था, निर्वाचन दल दर्ता, मतदाता नामावली, मतपत्र व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन कार्यक्रम, जनशक्ति र सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिता, निर्वाचन अनुगमन र अवलोकन तथा मतदान, मतगणना र परिणाम घोषणाका विषय उल्लेख छ ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न गरेकामा आयोगका पदाधिकारीलगायत निर्वाचनमा संलग्न सबै निकाय, संस्था एवं व्यक्तिलाई धन्यवाद प्रकट गरिन्।

प्रत्येक दुई वर्षमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनले निर्वाचन सञ्चालनमा परिपक्वता ल्याउने र नियमितरूपले सिक्न अवसर मिलेको जनाउँदै उनले निर्वाचनमा मतदाता सहभागिता, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मतदानमा अनुपस्थित मतदाता र बदर मत सम्बन्धमा चासो व्यक्त गरेकी थिइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले भविष्यमा हुने निर्वाचनलाई अझै सहभागितामूलक, शान्तिपूर्ण र व्यवस्थित तवरले गर्न निर्वाचन सुधारका क्षेत्रमा थप कार्य गर्नसमेत निर्देशन दिएको आयोगले जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेश गर्दै निर्वाचन सम्पूर्ण सरोकारवालाको सौहार्दपूर्ण एवं उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण एवं व्यवस्थितरूपमा सम्पन्न भएको जानकारी गराएका थिए । सो अवसरमा निर्वाचन आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल,आयोगका सचिव देवकुमारी गुरागाईंलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप