सप्तरी जिप दुर्घटनाः उपसचिव घिमिरे घाइते
बुधबार, १५ माघ २०७६, १७ : ३५
मोरङ । विराटनगरबाट काठमाडौँतर्फ तीव्रगतिमा गुडिरहेको प्रदेश नं १ सचिवलायको जिप सप्तरीको शम्भुनाथमा आज दुर्घटनामा परेको छ । पूर्वपश्चिम राजमार्गस्थित शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्टमा पश्चिमतर्फ गइरहेको ना६ख २१७२ नंको ट्रकले गति कम गर्दा ट्रकको पछाडि प्रदेश सचिवालयको जिप ठोक्किएको सप्तरी प्रहरीले जनाएको छ ।
श्रीमती, छोराछोरीसहित प्रदेश सचिवालयका उपसचिव (प्रवक्ता) दीपक घिमिरे सवार प्रदेश १–०२–००१झ०७१६ नंको प्रदेश सचिवालयको जिप दुर्घटना हुँदा उपसचिव दीपक र उनका छोरा ११ वर्षीय दीघार्यु घिमिरे घाइते भएको घाइते दीपक घिमिरेले बताए । दुर्घटनामा सामान्य घाइते भएका उपसचिव घिमिरे र उनका छोरा दीर्घायूको शम्भुनाथस्थित क्लिनिकमै प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद