शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाको ६ पृष्ठ लामो प्रतिवेदन अनुमोदन

बुधबार, १५ माघ २०७६, १७ : २५
बुधबार, १५ माघ २०७६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन अनुमोदन गरेको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकले थापाको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी ६ पृष्ठ लामो प्रतिवेदन पारित गरेको हो।  

पारित भएको सो प्रतिवेदन शुक्रबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिने राप्रपा पार्टी कार्यालयले जनाएको छ । 

बैठकमा महामन्त्री भास्कर भद्राद्धारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्धारा आर्थिक प्रतिवेदन पेश भएको छ । उक्त प्रतिवेदनहरु पनि केन्द्रीय समितिको बैठकमा पेश हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप