बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी फागुन २ देखि राजधानीमा बृहत क्यान इन्फोटेक मेला आयोजना हुने

बुधबार, १५ माघ २०७६, १६ : ५८
बुधबार, १५ माघ २०७६

काठमाडौं । मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यानइन्फोटेक मेला २०२० आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजना आगामी फागुन २ गते देखि ७ गतेसम्म राजधानीमा उक्त मेला आयोजना हुने भएको हो । 

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै क्यानले प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।  २६ औं संस्करणको यस क्यान मेलामा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी कला तथा उपकरणहरु प्रदर्शन गरिने आयोजकले बताएको छ ।

 ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने क्यान इन्फोटेक मेलाको मुख्य आकर्षणको रुपमा इन्नोभेशन एक्स्पोजर रहेको क्यानले बताएको छ । जसमा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रोडक्टहरु र आइडियाको प्रदर्शन गर्ने आयोजकले बताएको छ । इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथाडेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी रहार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि समेत मेलाका प्रदर्शन हुनेछन् । जसमा १७४ स्टल रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमार्फत क्यानले प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने आफ्नो मुख्य योजना रहेको बताएको छ ।  यसपटकको क्यान मेलाको टाइटल स्पोन्सर प्रभु पे रहेको छ भने मेलाको एशोसिएट स्पोन्सर वल्डालक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् । 

त्यस्तै, मेलाको डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन्स, स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्ट्रिब्युशन रहेका छन् भने गोल्ड स्पोन्सरमा जिनिस सोल्युशन, लर्ड बुद्ध एजकेशन फाउण्डेशन र सिल्भर स्पोन्सरमाएस–पावर बीपीई रहेको छ । मेलाको डिजिटल पार्टनर ब्रेन डिजिट आइटी सोल्युशन रहेको छ । 

त्यसैगरी क्रियटिभ पार्टनरमा आरआर श्री स्कुल अफ टेक्नोलोजी, गेमिङ्ग पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च र अफिसियल ट्राभल पार्टनर बिएन होलिडेज रहेको छ । प्रदर्शनीलाई सफल वनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल मोबाइल डिष्ट्रिव्युटर्स एशोसिएशन, एसोसिएशनअफ इंजिनियरिङ कलेज नेपालले क्यानलाई सहयोग गरेका छन् । त्यसैगरि अन्तरराष्ट्रिय संस्था असोसियो (एशियन ओसियन कम्प्युटर इन्ड्रष्टि अर्गनाइजेसन) र विट्सा (वल्र्ड इम्फरमेसन टेक्नोलोजी एण्ड सर्भिस अलाइन्स) ले समेत मेलालाई सहयोग गर्ने भएका छन् । 

यस पटकको क्यान इन्फोटेक मेलाको प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ रहेको छ भने, विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट प्रदान गरिने आयोजक क्यानले बताएको छ । तर सामुदायिक तथा सरकारी विद्यालय कलेजका विधार्थीहरु, सञ्चारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुले भने निशुल्क प्रवेश पाउन व्यवस्था गरेको क्यानले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप