शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध भ्रम छरे नेकपाका नेता–कार्यकर्तामाथि कारवाही

बुधबार, १५ माघ २०७६, १९ : ००
बुधबार, १५ माघ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी र सरकारविरुद्ध जनतामा भ्रम छर्नेगरी पार्टी अनुशासन र पद्धति विपरित बोल्ने, लेख्ने तथा त्यसविपरित भेला बैठक गर्ने काम बन्द गर्ने भएको छ ।

नेकपाको जारी केन्द्रीय समिति बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा सो कुराको प्रस्ताव गरिएको हो ।

‘पार्टीलाई विधि, अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्न आवश्यक छ । अनुशासनहिन काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्नेछ,’ नेकपाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै नेकपाको राजनीतिक प्रतिवेदनमा सरकारका कामहरुको सामान्य समिक्षा गरिएको छ । जसमा संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रणाली र अभ्यासको सन्र्दभलाई ध्यानमा राख्नुपर्ने तथा पार्टी एकताको विशिष्ठता र यो प्रकृयामा भएको ढिलाईको सन्दर्भलाई पनि विचार गर्नुपर्ने उल्लेख छ ।

‘लामो समयसम्म पार्टी कमिटीहरुको अभावले गर्दा न सरकारले गरेका राम्रा कामहरुको व्यवस्थित रुपले जनतामा प्रचार हुनसक्यो न सरकारलाई कमिकमजोरीबाट बचाउन पार्टीले नेतृत्वदायी भूमिका नै खेल्न सक्यो,’ प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै सरकारले संघीय प्रणाली कार्यन्वयनमा आवश्यक नीति र कानुनहरु बनाउनुलाई नेकपाले सकारात्मक भनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप