शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवागढी र तातोपानी नाकाबाट पर्यटकलाई नेपाल आउन रोक

बुधबार, १५ माघ २०७६, १५ : ५७
बुधबार, १५ माघ २०७६

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढेको बेला चीन–नेपालको सिमाना तातोपानी र रसुवागढी नाकाबाट पर्यटकहरु आउनको लागि रोक लगाइएको छ । 

नेपाल–चीन दुवैको सहमतिमा तातोपानी र रसुवागढी नाकाबाट १५ दिनको लागि नेपाल आउने पर्यटकको लागि रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।  

चिनियाँ पर्यटकको आवागमन भइरहेको बेला सङ्क्रमण हुनसक्ने भन्दै आवागमनमा रोक लगाइएको प्रवक्ता शर्माको भनाइ छ । 

चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि रोक लगाइएको हो । हालसम्म १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप