केन्द्रीय संस्करण

हुम्लामा १५ दिनमा ८ जनाको मृत्यु

person explore access_timeमाघ १५, २०७६ chat_bubble_outline0

हुम्ला । जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म  ८ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा ५ जनाको मृत्यु भएको हो ।

हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण मृत्यु भएको हुन सक्ने सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले फोनमार्फत जानकारी दिए । करिब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिए । 

हिमपातका कारणले करिब एक महिनादेखि टेलिफोन र विद्युत् सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ । त्यस्तै बैंक कारोवार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक हुम्लाका प्रबन्धक सविता शाहीले जानकारी दिइन्  । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...