शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय कमिटी बैठक चल्दाचल्दै अध्यक्षलाई परराष्ट्रमन्त्रीको ‘चिट’

बुधबार, १५ माघ २०७६, १९ : ०८
बुधबार, १५ माघ २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक चलिरहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एउटा ‘चिट’ आइपुगेको थियो । त्यो चिट बैठक छाडेर बाहिरिनु परेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्ष दाहाल ‘प्रचण्ड’लाई पठाएका हुन् ।

पार्टीको बैठक छाडेर बीचमा हिँड्नुपरेपछि मन्त्री ज्ञवालीले आफू एउटा औपचारिक कार्यक्रममा जानु पर्ने भएकाले बैठकमा सहभागी भइरहन सम्भव नभएको व्यहोरा लेखिएको चिट पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएका थिए ।

मन्त्री ज्ञवाली बुधबार केन्द्रीय कमिटी बैठक बसिरहेको समयमा बाहिरिएर लक्जेमवर्गका समकक्षी जिन एसलवर्नसँगको द्विपक्षीय भेटवार्तामा सहभागी हुन परराष्ट्र मन्त्रालय गएका थिए ।

लक्जेमवर्गका समकक्षी जिन एसलवर्नको सम्मानमा मन्त्री ज्ञवादीले बुधबार नै दिवाभोजसमेत आयोजना गरेका छन् ।

नेपाल र लक्जेमवर्गबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन लक्जेमवर्गका विदेशमन्त्री जिन एसलवर्न नेपाल आएका हुन् ।

दुई मन्त्रीबीचको भेटमा द्विपक्षीय हितको बारेमा छलफल भएको परराष्ट्रमन्त्रीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप