शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतको उडिसामा बस दुर्घटना, ७ जनाको मृत्यु

बुधबार, १५ माघ २०७६, १५ : ०४
बुधबार, १५ माघ २०७६

नयाँदिल्ली । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् । प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो । 

बुधबार राति करिब ३.३० बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।  भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४०० भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । –सिन्ह्वा/Photo: Times of india
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप