श्रीङ्ला भारतीय विदेश सचिवमा नियुक्त
बुधबार, १५ माघ २०७६, १४ : ३६
नयाँदिल्ली । संयुक्तराज्य अमेरिकाका लागि भारतीय कुटनीतिज्ञ हर्ष बद्र्धन श्रीङ्लालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ । नवनियुक्त सचिव हर्ष बद्र्धनले कार्यभार ग्रहण गर्र्दै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्रीको निर्देशन बमोजिम भारतको सर्वोत्तम हितका लागि कार्य गर्ने बताए ।
भारतीय विदेश सचिव विजय गोखलेको कार्यकाल समाप्त भएपछि भारत सरकारले विदेश मन्त्रालयका वरिष्ट कुटनीतिज्ञ श्रीङ्लालाई विदेश सचिवमा नियुक्त गर्ने गत महिना नै निर्णय गरेको थियो । भारतीय विदेश मन्त्रालयले तरन्जित सिंह सन्धुआसलाई अमेरिकाका लागि भारतीय राजदूतमा नियुक्त गरेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने