सांसद यादवद्वारा वीरगञ्जमा धर्मशालाको शिलान्यास
वीरगञ्ज । समाजवादी पार्टीका नेता तथा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ इनर्वामा निर्माण हुन लागेको धर्मशालाको शिलान्यास गरेका छन् ।
सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम र वीरगञ्ज महानगरपालिकाको संयुक्त लगानीमा इनर्वा टोलमा निर्माण हुन लागेको धर्मशालाको एक कार्यक्रमका बीच सांसद यादवले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद यादवले निर्वाचन अघि गरेको प्रतिबद्धता अनुसार धर्मशाला निर्माण गरिएको बताए । उनले धर्मशाला निर्माणसँगै यस क्षेत्रका गरिब तथा असाहयहरुका लागि ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यसै वर्ष इनर्वा माध्यमिक विद्यालयको भौतिक स्तरोनति को काम गरिने पनि बताए ।
चालु आर्थिक वर्षको रकम अपुग भएमा अर्को आर्थिक वर्षसम्म निरन्तर सहयोग गर्ने बताउँदै नेपाल सरकारले संसदीय विकास कोष अन्तर्गत थोरै रकम पठाएपनि सो रकम सशर्त गरेको कारणले अन्त्य कहीबाट भए पनि थप रकम ल्याएर जनभावना अनुसार काम गरिने र जनतासँग गरेको वाचा पुरा गर्ने बताए ।
सांसद प्रदीप यादवको संसदीय विकास कोषबाट १५ लाख र वीरगञ्ज महानगरपालिकाबाट १५ लाख रुपैयाँ सहयोग गरी संयुक्त लागतमा भवन निमार्ण गर्न लागिएको हो । कार्यक्रममा वडा अध्यक्ष श्यामबाबु चौरसिया, समाजवादी पार्टी का जिल्ला उपध्यक्ष मुस्तकिम अन्सारी, नगर अध्यक्ष इश्वर यादव, जिल्ला सदस्य लाल देव यादव वार्ड एकाई अध्यक्ष अरुण यादव, उपध्यक्ष सेख अब्दुल नगरपालिका सदस्य कृष्ण कुशवाहा समाजवादी युवा संघका जिल्ला अध्यक्ष सेख जल्सोदीन युवा नेता फरीद आलम , इनर्वा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभु यादव लगायत स्थानीयको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा