बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मिलान कोपा इटालिया कपको सेमिफाइनलमा

बुधबार, १५ माघ २०७६, ११ : ५१
बुधबार, १५ माघ २०७६

एसी मिलान कोपा इटालिया कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा मिलानले टोरिनोलाई अतिरिक्त समयमा ४–२ गोलले हरायो । यस खेलमा मिलानले हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । स्वर्गीय कोबे मिलानका समर्थक थिए ।

घरेलु मैदानमा मिलानलाई जिताउन भेट्रान खेलाडी ज्लाटन इभ्राहिमोभिचले निर्णायक गोल गरे । हकान कल्हानोग्लुले दुई र जियाकोमो बोनाभेन्टुराले एक गोल गरे । टोरिनोका ग्लेइसेन ब्रेमेरले दुई गोल गरेका थिए ।

१२औं मिनेटमा जियाकोमो बोनाभेन्टुराले गोल गर्दै मिलानलाई अग्रता दिलाए । ३५औं मिनेटमा टोरिनोका ग्लेइसेन ब्रेमेरलेगोल गर्दै खेललाई बराबरीमा ल्याए । ७१ औँ मिनेटमा ग्लेइसेन ब्रेमेरले ब्यक्तिगत दोस्रो गोल गरेपछि टोरिनोले अग्रता बनायो । ९०औँ मिनेटमा मिलानका हकान कल्हानोग्लुले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।

त्यसपछि हकान कल्हानोग्लुले १०६ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ज्लाटनले १०८औं मिनेटमा गोल गर्दै मिलानलाई सजिलै जिताए । सेमिफाइनलमा मिलानले इटालियन महारथी युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप