बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा केन्द्रीय समिति बैठकः विचार राख्न १० मिनेटको समय, यस्तो छ नौ बुँदे कार्यविधि

बुधबार, १५ माघ २०७६, ११ : २२
बुधबार, १५ माघ २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डासँगै नौ बुँदे कार्यविधिसमेत तय गरेको छ । नौ बुँदे कार्यविधिका आधारमा ६ दिन बस्ने केन्द्रीय समिति बैठक सञ्चालन हुनेछ । 

केन्द्रीय समिति बैठक व्यवस्थित बनाउन कार्यविधिहरु बनाएको नेकपाका महासचिव विष्णु पौडेलले रातोपाटीलाई बताए । मंगलबार बसेको नेकपाको सचिवालय बैठकले बैठकका एजेण्डासँगै कार्यविधि तय गरेको हो ।
कार्यविधिको १ नम्बर बुँदामा बैठकसमक्ष कार्यसूची र कार्यविधि प्रस्तुत गरिनेछ । उक्त कार्यसूची र कार्यविधि पारित भएपछि सोहीअनुसार बैठक सञ्चालन गरिने उल्लेख छ । 

त्यस्तै, अध्यक्ष तथा महासचिवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठानिक र विधान संशोधन प्रस्ताव उपर समुहगत रुपमा मात्रै छलफल गरिने नेकपाको कार्यविधिमा उल्लेख छ । छलफलका लागि वर्णानुक्रमअनुसार १५ वटा समुह बनाइने छ । ती प्रस्तावहरुमाथि माघ १६ गतेमात्र समुहगत रुपमा छलफल चलाइनेछ । 

त्यसैगरी माघ १७ र १८ गते समुह नेताहरुले आ–आफ्नो समुहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ । त्यसो गर्दा केन्द्रीय निकायका अध्यक्षहरुले १० मिनेटमा आफ्नो विचार राखिसक्नुपर्नेछ । 

समुहगत रुपमा छलफलमा उठेका विषयहरुलाई माघ १९ गते निश्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेजहरु पारित गर्ने कार्यविधिमा छ । 

त्यस्तै स्थायी कमिटी, सचिवालय र समसामयीक प्रस्तावहरुमा सोही दिन छलफल गरेर पारित गर्ने गरी कार्यविधि बनेको छ । त्यस्तै बैठकको समग्र कार्यवाहीको अडियो र भिडियो रेकर्ड गरिने छ । बैठक हरेक दिन बिहान ११ बजे सुरु भएर ५ बजे सकिनेछ । तर माघ १७ गतेको बैठक भने दिउँसो १ बजेमात्रै सुरु हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप