केन्द्रीय संस्करण

धुर्मुसको फिल्मको पोस्टर ५० हजार सवारीमा टाँसिने

person explore access_timeमाघ १५, २०७६ chat_bubble_outline0

काठमाडौँ । फिल्मको व्यवसाय दिन प्रतिदिन बिगँ्रदो भएपछि निर्माता निर्देशक प्रचारका लागि फरक फरक तरिका अपनाउन थालेका छन् ।

यस्तैमा हास्यकलाकार सीताराम कट्टेले ‘धुर्मुस’ले आफूले निर्माण गरेको ‘सेन्टी भाइरस’को प्रचार ५० हजार सवारीमा फिल्मको पोस्टर टाँसेर गर्ने भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उपत्यका ट्याक्सी व्यवसायी सङ्घमार्फत ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात समेत गरे ।

सो अवसरमा कट्टेल र अभिनेता बुद्धि तामाङलगायतले ट्याक्सीमा दर्जनभन्दा बढी पोस्टर टाँसेका थिए ।

कार्यक्रममा कलाकार सीतारामले फिल्मको आम्दानीको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खचिर्ने घोषणा गरे । यसअगाडि उनले फिल्मको आम्दानीको २० प्रतिशत रङ्गशाला निर्माणमा खर्च गर्ने बताएका थिए ।

‘दर्शकलाई एक पटक फिल्म हेरिदिन आग्रह गर्दछु’ सीतारामले भने ‘फिल्म हेर्न खर्चिएको रकम राष्ट्रिय गौरवको आयोजनामा सहयोग हुनेछ ।’ कार्यक्रममा कट्टेलले आफ्नो फिल्मको पोस्टर नेपाल यातायात व्यवसायी महासङ्घले देशभरका ५० हजारभन्दा बढी सवारीमा टाँस्ने जानकारी दिए ।

आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

सीतारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका कलाकारको  फिल्ममा अभिनय रहेको छ ।

शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको फिल्म  निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...