शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हजुरआमासँग सुतिरहेकी छोरीलाई बोलाएर बलात्कार

बुधबार, १५ माघ २०७६, ०८ : ४४
बुधबार, १५ माघ २०७६

झापा । आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । 

हजुरआमासमेत शारीरिक रूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप