शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इएफएल कपमा एस्टन भिल्ला फाइनलमा

बुधबार, १५ माघ २०७६, ०८ : ३५
बुधबार, १५ माघ २०७६

एजेन्सी । एस्टन भिल्ला काराबाओ (इएफएल) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

समग्रमा एस्टन भिल्लाले ३–२ गोलको जित निकाल्यो । घरेलु मैदानमा एस्टन भिल्लालाई जिताउन माट टारगेट र ट्रेजीग्वेटले गोल गरे । 

लेस्टरका केलिची इहेनाचोले सान्त्वना गोल फर्काए । खेलमा सुरुवाती अग्रता भिल्लाले लिएको थियो । १२औं मिनेटमा माट टारगेटले ज्याक ग्रियालिसको पासमा गोल गर्दै भिल्लालाई अग्रता दिलाए । 

त्यसपछि लेस्टरले ७२औं मिनेटमा बराबरी गोल फर्कायो । लेस्टरका केलिची इहेनाचोले बराबरी गोल फर्काए । दोस्रो हाफको इन्जुरी समयमा ट्रेजीग्वेटले अहमेद अल महामादीको पासमा गोल गर्दै भिल्लाको जित सुनिश्चित पारेका थिए ।

फाइनलमा भिल्लाले म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीच सेमिफाइनलको दोस्रो लेग बुधबार (आज) राति हुनेछ । 

पहिलो खेलमा सिटी ३–१ गोलले विजयी भएको थियो । फाइनलमा पुग्न सिटीलाई आज बराबरी गरे पुग्नेछ । युनाइटेडलाई कम्तीमा तीन गोलको अग्रता निकाल्नु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप