शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठकले तय गर्‍यो केन्द्रीय समितिका सात एजेण्डा

मङ्गलबार, १४ माघ २०७६, २० : ००
मङ्गलबार, १४ माघ २०७६

काठमाडौ । बुधबारबाट बस्ने नेकपा केन्द्रीय समिति बैठकका लागि सातवटा एजेण्डा तय भएका छन् । मंगलबार बेलुका बसेको सो पार्टीको सचिवालय बैठकले सात एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठकका एजेण्डाहरुमा सहीदहरुप्रति श्रद्धान्जली, प्रधानमन्त्रीको उदघाटन मन्तव्य, अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने, महासचिव विष्णु पौडेलको सांगठनिक योजना र विधान संशोधन प्रस्ताव पेश गर्ने एजेण्डा तय भएका हुन् । 

त्यस्तै सातवटै प्रदेशका अध्यक्षले प्रदेशको पार्टी संगठनात्मक अवस्थाबारे रिपोर्ट पेश गर्ने, समसामयिक प्रस्ताव पेश गर्ने र विविध गरेर सातवटा एजेण्डा तयार पारिएको श्रेष्ठले जानकारी दिए । सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको हो । नेकपाको केन्द्रीय समिति बैठक भोली ११ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुँदैेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप