शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जगदम्बा सिमेन्टद्वारा मिडिया प्रमोशनमा सहयोग

मङ्गलबार, १४ माघ २०७६, १९ : ४५
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मस् प्रा.लि.द्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोशनका निमित्त ‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले रु. १० लाख बराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको छ ।

समाज सेवामा समर्पित धुर्मुश सुन्तली फाउन्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा राष्ट्र निर्माणमा कटिबद्ध जगदम्बा सिमेन्ट मिडिया प्रमोसनमार्फत सरिक भएको हो ।  अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रबद्र्धन गर्न महत्वपूर्ण कोसेढुङगा साबित हुनेछ भन्ने जगदम्बा सिमेन्टको मान्यता रहेको छ ।

धुर्मुश सुन्तली फाउन्डेसनले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । २०७२ को महाविनाशकारी भूकम्पको पुनिर्माणमा धुर्मुश सुन्तली फाउन्डेसनको योगदान महत्वपूर्ण र उल्लेखनीय रहेको छ । महोत्तरी, बर्दिबासस्थित नमुना मुशहर बस्ती फाउन्डेसनको नमुनायोग्य कामको रुपमा रहेको छ । बाढी पीडितका लागि रौटहट, चन्द्रनिगाहपुरमा निर्मित ‘एकिकृत नमूना सन्तपुर बस्ती’ प्रशंसनीय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप