राज्यमन्त्री झाले दिइन् राजीनामा
मङ्गलबार, १४ माघ २०७६, १८ : ३५
काठमाडौं । मन्त्रीको काम कारवाहीबाट असन्तुष्ट रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका बीच एकजना राज्यमन्त्रीको राजीनामा आएको छ ।
प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
राजपा नेपालबाट राज्यमन्त्री बनेकी डा झाले एक पत्र सार्वजनिक गर्दै राजीनामा दिएकी हुन् ।
उनको पत्रमा प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए