बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतको गोलमा आर्मी शीर्ष स्थानमा

मङ्गलबार, १४ माघ २०७६, १८ : १७
मङ्गलबार, १४ माघ २०७६

काठमाडौ । त्रिभुवन आर्मी क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा मंगलबार भएको खेलमा जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । 

प्रतिस्पर्धात्मक खेलमा आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गरे । भरतले ७४औं मिनेटमा टेकबहादुर बुढाथोकीको पामसा गोल गरेका थिए । जाउलाखेलले पनि राम्रा अवसर गुमाएको थियो । ८४औं मिनेटमा एडमा डोम्वियाको हेड प्रहारलाई आर्मीका सेसेहाङ आङदेम्वेले गोललाइनबाट बचाएका थिए । आर्मीका विकास खवास म्यान अफ दी म्याच भए । 

उनले १० हजार रुपैयाँ पाए । जितसँगै आर्मीले ९ खेलबाट २० अंक बनाएको छ । आर्मी दोस्रो स्थानमा रहेको मछिन्द्रभन्दा एक अंकले अगाडीछ । १२ अंक बनाएको जाउलाखेल सातौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप