शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ का नवनिर्माण भएका भौतिक संरचना अपाङ्गमैत्रीः मुख्यमन्त्री राई

मङ्गलबार, १४ माघ २०७६, १७ : ३६
मङ्गलबार, १४ माघ २०७६

प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गमैत्री भएको बताएका छन् । 

अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रममा आज  उनले अपाङ्गमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिए । 
उनले अपाङ्ग भएका व्यक्तिको  पुनःस्थापना गर्नाका साथै महिला, बालबालिका तथा ज्येष्ठ  नागरिकको अधिकारका लागि स्वस्थ र समुुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे ।  अपाङ्गता भएका व्यक्तिहरुलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले जानकारी दिए । 

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्ग बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताए । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

करुणा फाउन्डेसनका अध्यक्ष प्राडा भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा पुुग्ने बताए  ।

सामाजिक विकास मन्त्रालय तथा स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ पालिकामा यो अभियान लागू हुनेछ ।     

पहिलो चरणमा मोरङ, सुुनसरी, धनकुुटा तथा पाँचथर जिल्लामा आगामी तीन वर्षसम्म सञ्चालन हुनेछ । सोही अवसरमा ह्विल चियरमा विश्वयात्रा गर्नुुहुुने ओखलढुुङ्गाका तेजबहादुुर कार्कीलाई रु ५१  हजारसहित सम्मान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप