शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हात भाँच्ने शिक्षक पक्राउ

मङ्गलबार, १४ माघ २०७६, १७ : ३०
मङ्गलबार, १४ माघ २०७६
गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप