लागुऔषधसहित प्रहरी जवान पक्राउ
धनकुटाको पाख्रीवास घर भएका प्रहरी जवान सरोज गिरी लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।
गिरीले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा १ सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।
पैदल हिडेर आउँदै गरेका गिरीको व्यवहार शंकास्पद लागेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा दायर गरी जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी सुनसरीको दुहवी स्थित दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै