बाक्लो कुहिरोको कारण तीनवटा ट्रक एकापसमा ठोक्किँदा ३ को मृत्यु, २ गम्भीर घाइते
बुटवल : रुपन्देहीमा आज भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भने २ जना गम्भीर घाइते भएका छन् ।
भैरहवा–भुमही सडक खण्डअन्र्तगत रुपन्देहीको रोहिणी गाँउपालिका–४ मा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जसमा २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको टाफ्रिक प्रहरी कार्यालय बुटवल एस पी मघुसुदन लुईटेलले रातोपाटीलाई बताए ।
दुर्घटनामा मृत्यु नवलपरासीको पालीनन्दन गाउँपालिका अन्दाजी ३० बर्षिय लालु कुर्मि, सोही ठाउँमा अन्दाजी ३० बर्षका मोभीकन कुर्मी र सुनसरीको चतेराबस्ने अन्दाजी ३५ बर्षिय पुर्ण बहादुर भुजेल रहेका छन् । ट्रकमा १३ जना सवार थिए ।
घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ । सडकमा कुहिरो लागेका कारण ती ट्रकहरु आपसमा ठोक्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल