शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ

मङ्गलबार, १४ माघ २०७६, ११ : ४०
मङ्गलबार, १४ माघ २०७६

रौतहट । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व प्रतिबन्धित नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट गत राति दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बल रहेको रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप