बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सीको नशाले ‘करियर’ मा लाग्यो धब्बा

मङ्गलबार, १४ माघ २०७६, १० : ४७
मङ्गलबार, १४ माघ २०७६

बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हसनको ३४ औं जन्मदिनको अवसरका उनका जीवनमा जोडिएका केही तथ्यहरु बाहिरिएका छन् । 

सन् १९८६ मा चेन्नईमा जन्मिएकी हसन साउथका सुपरस्टार कमल हसनकी छोरी हुन् । मुम्बईको एन्ड्रुज कलेजमा साइकोलोजीकी विद्यार्थी श्रुतिले क्यालिफोर्नियामा संगित पनि सिकेकी थिइन् । फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगितकार पनि हुन् । 

उनले आफ््ना पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षको कलिलो उमेरमै गीत गाएकी थिइन् । दोस्रो गीत पनि उनले पिता कमल हसनको फिल्म ‘चाची ४२०’ मा गाएकी थिइन् । उनले मल्लिका शेरावत स्टारर फिल्म ‘हिस्स’ को लागि गीत लेखेकी थिइन् । फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले सोनु सुद स्टारर फिल्म ‘रमैया वस्तावैया’ मा पनि भूमिका निभाएकी थिइन् । यसैगरी उनले अक्षय कुमारको फिल्म ‘गब्बर इज ब्याक’ पनि मुख्य भूमिका निभाएकी थिइन् । 

उनले लक्ष्मी प्रसन्नाको शोमा आफ्नो रक्सीको लतको बारेमा खुलेर बताएकी थिइन् । उनलाई एक समय हिस्कीको लत लागेको थियो । अल्कोहोलिक भएको कारण उनको करियरको ग्राफ इफेक्ट पनि कम हुन थाल्यो । उनको रक्सीको नसा यतिसम्म भयो कि उनले फिल्मबाट नै ब्रेक लिइन् । केही समयपछि उनले रक्सी पिउन छोडेको पनि बताइन् । यद्यपि, उनी बिरामी परिन् । डाक्टरले उनलाई रक्सीको कारण विरामी परेको बताए । त्यसपछि विस्तारै उनले फिल्ममा काम गर्न छोडिन् । 

उनले फिल्म बाहेक विज्ञापन पनि गरेकी छिन् । उनको कुनै समय तामिल स्टार सिद्धार्थसँग नाम जोडिएको थियो । उनको रजनीकान्तको ज्वाँईसँग पनि नाम जोडिएको थियो । उनी यतिबेला फिल्म क्षेत्रबाट टाढा छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप