शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोबेको मृत्यु कसरी हुनेछ, ८ वर्ष अघि नै गरिएको थियो भविष्यवाणी

मङ्गलबार, १४ माघ २०७६, ०९ : ११
मङ्गलबार, १४ माघ २०७६

संसारभरी चर्चित तथा महान बास्केटबल खेलाडी कोबे ब्रायन्टको २६ जनवरीमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । उनको मृत्युमा देश विदेशका थुप्रै व्यक्तिले दुःख जताए । तर उनको मृत्यु कसरी हुनेछ भनेर आठ वर्ष अघि भविष्यवाणी गरिएको बारे के तपाईंलाई थाहा छ ?

डट नोसो नामको ट्वीटर प्रयोगकर्ताले सन् २०१२ को नोभेम्बर १४ तारिखमा कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुने भविष्यवाणी गरेका थिए । उक्त भविष्यवाणी वास्तविकतामा परिणत भएपछि ८ वर्षपछि उक्त पुरानो ट्वीट इन्टरनेटमा तीब्र रुपमा भाइरल भएको छ ।

उक्त ट्वीटर प्रयोगकर्ताको भविष्यवाणी सही भएपछि अब मानिसहरु ट्वीटरमा उनलाई ट्याग गरेर आफ्नो जीवनबारे विभिन्न प्रश्न सोधिरहेका छन् । कतिले यसमा मीम्स पनि बनाएका छन् ।

कतिले उक्त ट्वीटको मितिसमेत परिवर्तन गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । तर कतिले भने कुनै पनि ट्वीटको मिति परिवर्तन गर्न नमिल्ने बताएका छन् ।

स्मरण रहोस्, ४१ वर्षका कोबे ब्रायन्टको मृत्यु अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटनामा भएको हो । कोबे जुन हेलिकोप्टरमा सवार थिए त्यसमा उनकी १३ वर्षीया छोरी पनि सवार थिइन् ।

कोबेको निधनपछि प्रशंसकबीच भारी शोकको लहर छ । उनलाई बास्केटबलका जादुगर पनि भनिन्थ्यो । उनले रेकर्ड स्तरको कमाईसहित बास्केटबलबाट सन्यास लिएका थिए ।

कोबी ब्रायन्टले एनबीएको २० वर्षको आफ्नो बास्केटबल करियरको क्रममा ८ हजार करोड रुपैयाँ भन्दा बढी कमाई गरेका थिए । आफ्नो करियरमा उनले थुप्रै रेकर्ड आफ्नो नाम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप