शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्सनल एफए कप फुटबलको पाँचौ चरणमा

मङ्गलबार, १४ माघ २०७६, ०८ : ३९
मङ्गलबार, १४ माघ २०७६

आर्सनल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसैको मैदानमा २–१ गोलले हरायो । आर्सनलको जीतमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे । बर्नमाउथका साम सुरिजले सान्त्वना गोल गरेका थिए ।

साकाले पाँचौ मिनेटमा ग्याब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । २६ औँ मिनेटमा एनकेतिहाले साकाको पासमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । बर्नमाउथले दोस्रो हाफको इन्जुरी समयमा पुगेर एक गोल फर्काएको थियो । सामले सिमोन फ्रान्सिसको पासमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

आर्सनलले बर्नमाउथविरुद्ध अधिकांश दोस्रो रोजाईका खेलाडी उत्रारेको थियो । आर्सनलको जीतसँगै एफए कपमा प्रिक्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ ।

आर्सनलले प्रिक्वार्टरमा पोर्ट्समाउथसँग प्रतिस्पर्धा गर्नेछ । एफएले सोमबार राति नै प्रिक्वार्टरफाइनको ‘ड्र’ सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप