शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको सम्पादकीय : व्यवसायीमाथि विप्लव समूहको आक्रमणको प्रयास, आर्थिक विकास झनै कमजोर

मङ्गलबार, १४ माघ २०७६, ०८ : १९
मङ्गलबार, १४ माघ २०७६

आज माघ १४ गते मंगलबार प्रकाशित मुख्य दैनिक पत्रिकाले निर्माण व्यवसायीलाई विप्लव समूहबाट हुने गरेको आक्रमण प्रयास, नेपालमा भित्रिने रेमिट्यान्सको सही सदुपयोग र कोरोना भाइरसबाट बच्ने उपायसहित अन्य समसामयिक विषयमा सम्पादकीय लेखेका छन् । 

निर्माण व्यवसायीले अहिले अज्ञात समूहबाट आफूहरु असुरक्षित बनेको चिन्ता व्यक्त गर्दै ‘असुरक्षा अनुभूति’ शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– विप्लव समूहका कार्यकर्ताले अहिले दिनहुँजसो निर्माण व्यवसायीका निर्माण उपकरणमा आगजनीका साथै आफूहरु विरुद्ध नै आक्रमण प्रयास गरिरहेको उनीहरुको भनाइ छ । तीन चार महिनायता २० करोडभन्दा बढी मूल्यका उपकरणमा आगजनी भएका दावी गरिएको छ । ‘...राज्यले व्यवसायी र उपकरणलाई सुरक्षाको प्रत्याभूति दिन नसकेका कारण का गर्ने वातारण नभएको व्यावसायीले बताएका छन्, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आर्थिक प्रगति प्रत्येक वर्ष झनझन कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा निर्माण व्यवसायीविरुद्ध विप्लव समूहको व्यवहारले आगामी दिनमा झन काम हुन नसक्ने आशंका उत्पान्न भएको छ,’ सम्पादकीयमा उल्लेख छ ।

कान्तिपुरले नेपालमा भित्रिने रेमिट्यान्सको एक प्रतिशतमात्र प्रत्यक्षरुपमा उत्पादनमूलक क्षेत्रमा लगानी भएको राष्ट्र बैंकद्वारा जारी तथ्यांकले देखाएको उल्लेख गर्दै यसबारे धेरै कोणबाट बहस हुनुपर्ने बताएको छ । ‘विप्रेषणबारे हुनुपर्ने बहस’ शीर्षकको सम्पादकीयमा भनिएको छ– मुलुकमा हरेक दोस्रो घरको काम गर्ने उमेरका कोही न कोही रोजगारीका लागि विदेशमा छन् । तिनीहरुले पठाउने रकम मुलुकको कूल ग्राहस्थ्य उत्पादनको एक चौथाइ बराबार छ ।... रेमिट्यान्सको उचित व्यवस्थापन र परिचालनका लागि प्रष्ट सरकारी नीति र कार्यक्रम आवश्यक छ ।  

त्यस्तै अर्थतन्त्रको आधार मानिएको रेमिट्यान्स आप्रवाहमा उतारचढाप देखिइरहेका बेला यसको स्रोत मुलुकमा समेत उत्तिकै परिवर्तन आईरहेको उल्लेख गर्दै कारोबार दैनिकले रेमिट्यान्सको लागत घटाउन सुझाव दिँदै आज सम्पादकीय लेखेको छ । ‘रेमिट्यान्स आप्रवाहमा आउनसक्ने कमीले अर्थतन्त्रमा पर्ने प्रभावको अवलोकनसमेत हुन नसकेको र वाह्य क्षेत्र सन्तुलनको बैकल्पिक आधारको विस्तार पनि उत्तिकै चुनौतिपूर्ण रहेको अवस्थामा नीति निर्माताहरु गम्भीर बन्नैपर्ने देखिन्छ,’ सम्पादकीयमा भनिएको छ । 

आर्थिक अभियानले सामाजिक सुरक्षाको नाममा राज्यको व्ययभार वर्षेनि बढ्दै गएपछि त्यसलाई थप प्रभावकारी बनाउन सरकारले राष्ट्रिय एकीकृत सामाजिक सुरक्षा प्रणाली बनाउने तयारी गरेको जानकारी दिँदै सामाजिक सुरक्षाका नाममा नगद नै दिनुको सट्टटा उनीहरुको वास्तविक आवश्यकता पूरा गर्न सुझाव दिएको छ । समाजिक सुरक्षामा एकीकृत प्रणाली शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ– सामाजिक सुरक्षा भनेको नगद दिनुमात्र होइन । त्यसो हुँदा वास्तविक आवश्यकता पहिचान गरी त्यसअनुसार सेवा दिने खालको सामाजिक सुरक्षाको व्यवस्था गर्नु उपयुक्त देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम नियन्त्रणका लागि पूर्व तयारी गर्न निर्देशन दिएको उल्लेख गर्दै गोरखापत्रले संक्रमणबाट जोखिने उपायबारे सम्पादकीय लेखेको छ ।‘कोरोना सतर्कता’ शीर्षकमा देखिएको सम्पादकीयमा भनिएको छ– सागसब्जी, फलफूल, दूध, दाल, गेडागुडीलगायत स्वस्थ्यकर खाना, नियमित शारीरिक अभ्यास तथा स्वास्थ जीवनशैली अपनाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले अन्य अवस्थामा पनि खानपिन तथा दिनचर्यामा सन्तुलन गर्दा यस्ता महामारीबाट बच्न सकिनेछ । 

उता नेपाल समाचारपत्रले ‘होम स्ट’ अर्थात घरेलु सुविधाका साथ गरिने अस्थायी बसोबासका पर्यटकका लागि आकर्षक बन्दै आएको उल्लेख गर्दै ‘होम स्टेलाई हौसला’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– होम स्टेलाई प्रभावकारी र व्यापक बनाउन समुदायले अन्तर्राष्ट्रिय पर्यटकसँग सम्बन्ध कायम गर्ने क्षमता विकास गर्नुपर्ने हुन्छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहले अभिमुखीकरण र तालिममा जोड दिनुपर्ने देखिन्छ । 

विद्युत् प्रसारण लाइनको सदाबहार समस्या समाधान गर्न छुट्टै प्रसारण लाइन ऐन ल्याउनुपर्ने खाँचो औल्याउँदै  अन्नपूर्ण पोस्टले ‘प्रसारण लाइन निर्माणमा समस्या’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– अधिकारसम्पन्न निकायबाट स्वीकृत भइसकेपछि कसैलाई पनि कुनै वाधा हाल्न नपाउने र मन्त्रीपरिषद्सम्म पुगिरहनुपर्ने झन्झट हटाउन नीतिगत र कानुनी बस्दोबस्ती भएमा मात्र ठूला प्रसारण लाइनका पूर्वाधार सहज बन्न सक्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप