बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसमः केही स्थानमा वर्षा र हिमपात

मङ्गलबार, १४ माघ २०७६, ०७ : ५८
मङ्गलबार, १४ माघ २०७६

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । 

महाशाखाका अनुसार देशको पश्चिमी भू–भागमा सामान्यदेखि पुर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।

यसैगरी, दिउँसो देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । भने पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथ पूर्वी भू–भागका एक दुई  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राति देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप