पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्राचार
मङ्गलबार, १४ माघ २०७६, ०७ : ०१
भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक रुपमा कूटनीतिक पहल अगाडि बढाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भारत सरकारलाई एक पत्र पठाउँदै पाम आयलको निकासी खुलाउन आग्रह गरेको हो ।
मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई यस्तो पत्र पठाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले भारत सरकारलाई पत्र पठाएको पुष्टि गरे । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ खेलाडी आउने
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा