बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतले हुवावेको फाइभ–जी नेटवर्क बिस्तारका लागि स्वीकृति दिने

सोमबार, १३ माघ २०७६, २२ : ५६
सोमबार, १३ माघ २०७६

एजेन्सी । बेलायतले फाइभ–जी नेटवर्क बिस्तारका लागि मङ्गलबारदेखि चिनियाँ टेलिकम कम्पनी हुवावेको भूमिकालाई स्वीकार गर्ने भएको छ । यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित सामथ्र्यमा बिस्तार गर्नेगरी अनुमति दिइने प्राप्त सूचनाहरूमा उल्लेख गरिएको छ । 

संयुक्त अधिराज्यले फाइभ–जी नेटवर्क विस्तारसम्बन्धी महत्वपूर्ण निर्णय लिएको छ, संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले आफ्नो ट्वीटर पेजमा उल्लेख गर्नुभएको छ । फाइभ–जी नेटवर्क बिस्तारका बिषयमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई हुवावेलाई पूर्णरूपमा पाखा लगाउन वासिङ्टनले गरेको आग्रह र निरन्तर दवाबबीच यो निर्णय आएको छ ।

तर बेलायतका वरिष्ठ अधिकारीले हुवावेको सेवा विस्तारका लागि सकारात्मक सङ्केत दिएका थिए भने बेलायती फाइनान्सियल टाइम्सले गत हप्ताको अन्त्यमा यसबारे सार्वजनिक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री जोनसनले मङ्गलबार हुवावेमाथिको प्रतिबन्धित भूमिकालाई ‘स्वीकृति दिने अपेक्षा गरिएको’ समाचार प्रकाशित गरेको थियो ।

आर्थिक दैनिकले बेलायती मन्त्रीहरूले हुवावेको बजार हिस्सामा नियन्त्रणको नीति लिइने बताएका थिए । यसबीचमा बेलायतले हुवावेलाई फाइभ–जीका सहायक प्रविधिजन्य एन्टेना र आधार स्टेसनहरूलाई पोल तथा छानाहरूमा जोड्न नदिनेजस्ता स्वतन्त्र तर व्यापक अनुमानहरू गरिएका थिए ।

संयुक्त राज्य अमेरिकाले हुवावेको नियन्त्रण बेइजिङसँग रहने भन्दै उसको नयाँ पुस्ताको फाइभ–जी मोवाइल नेटवर्कहरूलाई बिस्तार गर्ने बिषयमा चासो व्यक्त गर्दै कडारूपमा असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप