बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा उमेशलाई देखेपछि....

सोमबार, १३ माघ २०७६, २० : ३६
सोमबार, १३ माघ २०७६

जनकपुर । साउदी अरबमा एक पाकिस्तानीको हत्याको आरोपमा मृत्यूदण्डको सजाय पाएका उमेश गृहनगरमा आएपछि उनको परिवारमा खुसियाली छाएको छ । केही अभियन्ता तथा नेपाली राजदुतावासको पहलमा मृत्युदण्डको सजायबाट जोगाउनका लागि ज्यानको साटो रकम दिएपछि बँच्न सफल भएका हुन् ।

अन्ततः १४ वर्षपछि उनले आफ्नो परिवारका सदस्यहरुसँग भेट पाए । यादवले १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेट्दा आफूलाई सम्हाल्न सकेन । जनकपुरस्थित जनकपुर विमानस्थलमा ओर्लिएका उमेश श्रीमती र परिवारजन देख्दा भावबिह्वल भएका थिए ।

श्रीमती सञ्जु यादव र छोराहरु भक्कानिएर रोए  । १४ वर्षअघि वैदेशिक रोजगारीका लागि सन् २००६ मा साउदी अरब जाँदा उनको जेठो छोरो कमलेश ४ वर्षका थिए भने कान्छो छोरो मात्र १७ दिनका थिए ।

उमेशले विदेशमा राम्रै काम पनि गरे । तर उनी जेलमा परेको खबर सुने श्रीमती सन्जु यादव ससुरालीमा बस्नै छोडेका थिए । श्रीमती उमेशको घर धनुषाको कमला नगरपालिका वडा नम्बर ५ स्थित पर्साको घर त्यागेर सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ७ मरेवा माइती गई सकेकी थिइन् ।

छोरा सँगै माइती गएकी सन्जु ८ वर्षसम्म उतै बस्थिन् । उमेश जेलमा पर्दा सन्जुलाई छोराहरु पढाउन मजदुरी समेत गर्नु परेको थियो ।अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन् । कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिंग स्कुलमा पढ्छन् । हितेश सरस्वती बोर्डिंग स्कुलमा कक्षा ३ मा पढिरहेका छन् ।

उमेश जाँदा विदेशमा पाकिस्तानी नागरिकको हत्या आरोपमा पक्राउ परेपछि मानिसहरुले उनकी श्रीमतीलाई उमेशलाई पनि मारिदियो भन्ने कुराहरु सुनाउन थालेका थिए । त्यसपछिको ६ वर्ष उमेश र सञ्जु बीच कुनै सम्पर्क नै हुन सकेको थिएन । त्यसपछि घरपरिवारले पनि आशा मारिसकेको थियो ।

त्यस यता उनीहरु बीच  २ वर्षमा एक पटक बल्लतल्ल फोन हुन्थ्यो । उमेशलाई फाँसी दिने पहिलादेखि नै हल्ला  थियो । साउदी अरबको जुबेल अदालतले फाँसी दिने कुरा सार्वजनिक भएपछि जनकपुरका अभियन्ता सरोज राईले पहलकदमी लिएको थियो । 

त्यसपछि उमेशलाई केही राहत भयो । उमेशकी सासू दुर्गीदेवीले छोरीलाई सहयोग गर्दै आएको बताइन् । उनले माइतमा समस्या भएपछि महेन्द्रनगरमा सर– सल्लाहमै पठाएका हुने भनिन् ।

उमेश यादव विरुद्ध सन् २०१८ मई १५ तारिक मा साउदी अदालतले मृत्युदण्ड सुनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप