बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजर्षिजनक विश्वविद्यालयमा तालाबन्दी

सोमबार, १३ माघ २०७६, १८ : ५७
सोमबार, १३ माघ २०७६

जनकपुर । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघद्वारा राजर्षि जनक विश्वविद्यालयमा तालबन्दी गरेको छ । संघले विश्वविद्यालयसँग विभिन्न ८ बुँदे माग राख्दै आइतबार तालाबन्दी गरेको हो ।  काँग्रेस र नेकपाले विश्वविद्यालयमा राजनीतिककरण गरेको भन्दै संघले तालाबन्दी गरिएको जनाएको छ । 

सटरमै विश्वविद्यालय सञ्चालन गरेर साख र गरिमा धुमिल पार्न खोजिएको आरोप लगाउँदै तालाबन्दी गरिएको प्राडा विनोद साहले बताए ।  उनले विश्वविद्यालयका पदाधिकारीहरुले श्रोत साधनको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरिरहेका बताए ।

हामीले विश्वविद्यालयको भौतिक संरचना आवश्यक पुर्वाधार सहित शैक्षिक तथा प्राज्ञिक गतिविधिमा सुधार, विश्वविद्यालयको पदाधिकारी, कर्मचारी तथा प्राध्यापकको भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने माग राख्दै तालाबन्दी गरेको उनले बताए ।

संघले पुस २७ गते विभिन्न मागसहित उपकुलपति भरत झालाई ध्यानाकर्षण सहित अल्टिमेटम पत्र बुझाएको थियो । उक्त मागको सुनुवाई नभएपछि रजिष्टार र डिनसहितको कार्यालयमा तालाबन्दी गरिएको संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप