शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आधुनिकता टल्किने र मौलिकता झल्किने गरी अध्यागमनमा सुधार भयो: प्रधानमन्त्री ओली

सोमबार, १३ माघ २०७६, १८ : ४६
सोमबार, १३ माघ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभाग आधुनिकता टल्किने र मौलिकता झल्किने गरी सुधार भएको बताएका छन् । सोमबार अध्यागमन विभाग व्यवस्थापन, सुधार तथा अध्यागमन सूचना प्रणालीको आधुनिक सफ्टवयेर ‘नेपाली पोर्ट’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

अध्यागमन विभागले एक वर्ष लगाएर ल्याएको नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र बैज्ञानिक बनाउने र अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधार सहितको नेपाली पोर्टको सोमबार औपचारिक रुपमा उद्घाटन भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट डिजिटल प्रणालीमार्फत नेपाली पोर्टको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब अध्यागमन विभाग व्यवस्थित, सहज र सरल हुने बताए । विभागले ल्याएको डिजिटल सफ्टवयेरले अहिले विभागमा देखिएको समस्या हल हुनेमा आफु विश्वस्त रहेको र अध्यागमनको सबै सूचना सबै नेपालीको पहँुचमा पुगेको बताए । 

‘सधै अध्यागमनको समस्या र जटिलताबारे गुनासाहरु सुन्ने गरिन्थ्यो । कहिले पासपोर्टको समस्या त कहिले भिसा प्रोसेसिङ्गको लगायत डकुमेन्टेसनको समस्या । कहिले स्वदेशी तथा विदेशी नागरिकहरुको जाँचपासको समस्या । यसले अध्यागमनकै बदनाम गराइरहेको थियो । अब यस्तो हुने छैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘अध्यागमन व्यवस्थापन र सुशासन चुस्त दुरुस्त राख्न विभागले डिजिटल सफ्टवयेर नेपाली पोर्ट ल्याएको छ । यसले अध्यागमनको वेथितिलाई अन्त्य गर्दै व्यवस्थित गर्नेमा म ढुक्क छु ।’

यसै अवसरमा प्रधानमन्त्री ओलीले सरकारको डिजिटल नेपाल बनाउने योजनामा अध्यागनको यो सुरुवातले थप सहयोग मिलेको समेत बताएका छन् । त्यस्तै मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने सरकारको योजनामा सफल मिलेको र अध्यागमनको सुधारले थप सार्थकता थपेको बताए । 

‘सरकारले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकसित गर्ने योजना बनायो । यसमा हामी सफल पनि भएका छौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘बाँकी रहेको अध्यागमन विभागसमेत सुधार भएको छ । यसले एयरपोर्ट थप व्यवस्थित गराएको छ ।’ यस्तो सुधारका प्रयासहरु अब अन्य क्षेत्रहरुमा समेत क्रमशः विस्तार गर्दैै जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले भने,‘यस्तो सुधारका कार्य गर्दा आधुनिकता टल्किने र मौलिकता झल्किने गरी गरिनुपर्छ ।’ यता, अध्यागमन विभागले त्रिभूवन विमान स्थलको अध्यागमन कार्यप्रणाली व्यवस्थित गर्दै बायोमेट्रिक प्रणालीसहितको सूचना प्रभाव प्रणालीको आधुनिक सफ्टवयेर ‘नेपाली पोर्ट’ ल्याएको छ । 

यो प्रणालीमार्फत अब अध्यागमनबाट विदेशीने तथा स्वदेश सबै नागरिकहरुको बायोमेट्रिक प्रणालिबाट जाँचपास गरिनेछ भने आवश्यक कागजातको डिजिटल प्रणालीबाट चेक हुनेछ र लगत राखिने छ । त्यस्तै २४ सै घण्टा खुल्ला रहने गरी विना अवरोध सेवा सुचारु हुने गरी नेटवर्किङ, शंकास्पद कागजात पहिचानको लागि अध्यागमन कार्यालय त्रिअवि र विभागमा फर्जरी डिटक्सन युनिट (एफडिवि) स्थापना गरिएको छ । भने, यस्तो प्रणालीमा नेपाल सरकारका सम्बद्ध निकायका सूचनाहरु जस्तै राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेसन सर्टिफिकेसन (एनओसी) र इन्टरपोल सम्बद्ध सूचनाहरु एकआपसमा सिस्टमबाटै हेर्न मिल्ने गरी अन्तर आवद्धताको व्यवस्था मिलाइएको छ । 

साथै, नीतिगत सुधार र सबैका लागि तालिम एवं क्षमता विकास सहितका क्रियाकलापहरु पहिचान गरी समानान्तर रुपमा अगाडि बढाइएको छ । हाल अध्यागमन विभाग र १३ वटा अध्यागमन कार्यालयहरुबाट नेपालको अध्यागमन प्रशासन सञ्चालन भइरहेको छ भने विदेशस्थित नेपाली नियोगहरुले समेत अध्यागमन कानूनअनुसार भिषा जारी गर्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप