बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनलाइन मार्फत ठगी गरेको अभियोगमा ४ जना पक्राउ

सोमबार, १३ माघ २०७६, १८ : १९
सोमबार, १३ माघ २०७६

पर्सा । अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा गढीमाई नगरपालिका-३ पिप्राविर्ता घर भई पर्सा बीरगंज महानगरपालिका-१५ ब्रह्मचोक बस्ने २९  वर्षीय रोशन सिंह, सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल सिंह, भारत कलकत्ता घर भई हाल पर्सा सोही महानगरपालिका डेरा गरि बस्ने २६ वर्षीय सबिक भक्त र सोही ठाउँ ब्रह्मचोक बस्ने १८ वर्षीय फारुख आलम रहेका छन् । 

उनीहरुले सामाजिक संजालहरुबाट एपल कम्पनिको मोबाइल कम मूल्यमा पठाउने र अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशहरुको भिसा समेत लगाई दिने जस्ता झुठ्ठा आश्वासन दिई सर्वसाधारणलाई प्रलोभनमा पारी रकम ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप