शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याधुनिक बायोमेट्रिक प्रणालीसहितको नेपाली पोर्ट सार्वजनिक

सोमबार, १३ माघ २०७६, १७ : ३९
सोमबार, १३ माघ २०७६

काठमाडौं । नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित गर्ने गरि बायोमेट्रिक प्रणालीसहितको नेपाली पोर्ट नामक अध्यागमन सुचना प्रणाली सार्वजनिक भएको छ । त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल स्थित अध्यागम विभाग अन्तरगतको यस आधुनिक पोर्टको प्रधानमन्त्री केपी शर्मा वलीले औपचािरक उद्घाटन गरेका छन् । 

अध्यागमन प्रणालीलाई व्यवस्थित र बैज्ञानिक बनाउन अध्यागमन सुचना प्रणाली नेपाली पोर्ट नामक आधुनिक सफ्टवेयर ल्याएको अध्यागमन विभागले बताएको छ । नेपाली पोर्ट मार्फत अध्यागमन पार गर्नेको बायोमेट्रिक  जाचपाससहित २४सै घन्टा सुचारु हुने गरि सुचना प्रणालीको विकास, भौतिक पूर्वाधारको सुधार, सुरक्षित र दुई तहको डाटा सेन्टर स्थापना गरिएको छ ।

त्यस्तै २४सै घण्टा विना अबरोध सेवा सुचारु हुनेगरी नेटवर्किङ, शंकास्पद कागजात पहिचानको अध्यागमन कार्यालय त्रिअवि र विभागमा फोरिजरी डिटेसन युनिट (एफ्डियु) प्रणाली स्थापना गरिएको छ । नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित गर्न लागेको विभागले एक वर्ष लगाएर सो प्रणालीको बिकास गरेको हो । 

यो प्रणाली कार्यान्वयनमा आएसँगै अब अध्यागमन देखिने गरेका र आउने गरेका समस्याहरु हल हुने विभाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप