बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हङकङका विज्ञको चेतावनी : कोरोनोभाइरसले महामारीको रुप लिन सक्ने !

सोमबार, १३ माघ २०७६, १७ : ३१
सोमबार, १३ माघ २०७६

हङकङका एक स्वास्थ्यविज्ञले प्रत्येक ६ दिनमा कोरोनाभाइरसको संक्रमण दोब्बर गतिमा बढ्द जाने र अन्ततः त्यसले महामारीका रुप लिन सक्ने चेतावानी दिएका छन् ।

यो भाइरसको संक्रमण रोकनेका लागि पर्याप्त मात्रामा हस्तक्षेप नभइरहेको तर्फ औंल्याउँदै युनिभर्सिटी अफ हंगकंगका पब्लिक हेल्थ मेडिसिनका अध्यक्ष प्रोफेसर गाब्रियल लेउङले त्यस्तो चेतावनी दिएका हुन् ।

प्रोफेसर लेउङ हंगकंगको वर्ल्ड हेल्थ अर्गनाइजेसनको सहकार्यमा स्थापित सेन्टर फर इन्फेक्सन डिजिज एपिडेमियोलाजी एण्ड कन्ट्रोलका संस्थापक डाइरेक्टर पनि हु । उनले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा कोरोनाभाइरसको महामारी फैलिन सक्ने चेतावनी दिएका हुन् ।

यसबारेमा आफ्नो रिपोर्ट बेजिङ, हंगकंगका अधिकारीहरुका साथै विश्व स्वास्थय संगठनलाई पनि पठाएको उनले जानकारी दिएका थिए ।

लेउङको टीमले गत शनिवारसम्मको तथ्यहरुको आधारमा तयार गरेको एउटा अध्ययन मोडेलका अनुसार वुहान कोरोनाभाइरसका संक्रमित तथा अहिले संक्रमण नदेखिएकाहरुमा पनि भित्रभित्रै भाइरस विकसित भइरहेको हुन सक्ने समेत गरेर संक्रमितका संख्या ४४ हजार पुग्न सक्ने देखिएको थियो ।

अहिले वुहानमा संक्रमण फैलिने डरले जनसंख्याको ठूलो हिस्सालाई अलगथलग गरेर संक्रमण फैलिन नदिनको लागि कोशिश भएको भए पनि त्यसले अन्य प्रमुख शहरहरु संक्रमण फैलिन नदिनको लागि रोक्न नसक्ने आशंका उनले गरेका छन् ।

प्रोफेसर लेउङले अहिले कोरोनाभाइरसको उद्गमथलो मानिसको वुहानबाहेक पनि चीनका वेजिङ, संघाई, ग्वान्जाओ र सेनजेन  पनि यो भाइरसको महामारीको केन्द्रबिन्दूको रुपमा देखापर्न सक्ने चेतावनी दिएका छन् ।

उनका अनुसार, यो अनुमान वा भविष्यवाणी पनि होइन र यो निश्चित पनि छैन तर हाम्रा अध्ययनका नतिजाहरुले सम्बन्धित पदाधिकारीहरु  आम जनतालाई सावधान गराउनुपर्ने देखिएको छ ।

उनको अनुमानअनुसार, कोरोनाभाइरसको संक्रमणको  संख्या आउँदो मार्च महिनाका मध्यदेखि अप्रिल महिनाको मध्यसम्ममा मुख्य शहरहरुका तीब्र रुपमा देखिन सक्नेछ ।

यो हुन नदिनको लागि मानिसहरुको आवातजावातलाई अत्यन्तै कडाइका साथ अहिलेदेखि नै सीमित गरिनुपर्ने उनको कथन छ ।

लेउङका अनुसार, कोरोनाभाइरसले विश्वभरि नै महामारीको रुप लिन सक्ने सम्भावनाबारे सबैजना अहिलेदेखि नै सतर्क र तयार रहनुपर्छ । उनले यो कतिसम्म फैलिन सक्छ भन्ने कुराको अहिले नै कल्पना गर्न नसकिए पनि त्यकसा लागि तयार रहनु नै राम्रो हुने पनि बताए ।

स्रोतः सीएनएन . Photo: https://dynaimage.cdn.cnn.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप