बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारले फिर्ता गर्‍यो एक सय २५ विघा बढी जग्गा (भूमि व्यवस्था मन्त्रालयको दुईवर्षे कार्यप्रगतिसहित)

सोमबार, १३ माघ २०७६, १६ : ५३
सोमबार, १३ माघ २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले एक सय २५ बिघा १६ कट्ठा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता गरेको जानकारी दिएकी छिन् । उनले सरकारले अब हजारका हजार जमिन सरकारका नाममा फिर्ता गर्ने पनि बताइन्। 

मन्त्रालयले दुई वर्षको अवधिमा गरेका प्रगति विवरणका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सर्लाहीको बरहथवाबाट औपचारिक रुपमा जग्गा बदर कार्य शुरु गरेको भन्दै अब हजारका-हजार संख्यामा जमिन फर्काउने अभियानमा रहेको मन्त्री अर्यालको भनाइ थियो । उनले सरकारी, सार्वजनिक र गुठीबाहेक १३ लाख ३३ हजार ७ सय ८३ वर्गमिटर जग्गा शंकास्पद देखिएकाले कारोबार रोक्का गरिएको समेत जानकारी दिइन् । 

मन्त्री अर्यालले २६ हजार १७६ हेक्टर जमिनको पुन नापी, गाउँ ब्लक नापी र विशेष नापी गरिएको बताइन् । 

उनले उदयपुरको बेलका नगरपालिका—३ को १० वर्ग किलोमिटर क्षेत्रभित्र १७ सय ८६ घरधुरीको ३३ सय कित्ता जग्गाको अनौपचारिक भूसम्वन्धको तथ्यांक संकलन गरिएको जानकारी दिए । 

मन्त्री अर्यालले सरकार अभियानका साथ राज्यको जमिन फिर्ता गराउने अभियानमा लागेको भन्दै यस कार्यमा साथ दिन समेत आग्रह गरिन् । 'जमिनको व्यवस्थापन कार्य निकै कठिन कार्य हो । हामीकहाँ थुप्रै जमिनहरू विभिन्न नाममा दोहन भएका छन् । त्यसलाई फर्काउने अभियानमा सरकार लागेको छ । यसमा तपाईहरूको साथ सहयोगको आवश्यक्ता छ', मन्त्री अर्यालले भनिन् । 

सरकारी जाँचबुझ आयोगले बुझाएको पहिलो प्रतिवेदनअनुसार ३ सय ४८ विघा जमिन अस्पष्ट र दोहोरो श्रेस्ताको रहेकाले लगत कट्टा गरी कारबाही प्रक्रिया अघि बढाइने मन्त्री अर्यालको भनाई थियो । 

त्यसैगरी गुठी जग्गा अन्तर्गत बागेश्वरी गुठी, काठमाडौं महानगरपालिकामा लक्ष्मीनारायण गुठीलगायतका अन्य क्षेत्रको गरी झन्डै १०८ विघा व्यक्तिको नाममा रहेको गुठीको जग्गा सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढेको मन्त्री अर्यालले जानकारी दिइन् । 

हालसम्म मन्त्रालयले १०८ वटा मालपोत कार्यालय अनलाइन प्रणाली लागू गरेको छ भने देशभर रहेको १३१ मालपोत कार्यालयमध्ये ५/६ वटा भने सञ्चालनमा छैनन् । बाँकी मालपोत कार्यालयमा यसै वर्ष अनलाइन सेवामार्फत सेवा पुर्‍याउने लक्ष्य लिएको मन्त्री अर्यालको भनाइ थियो । देशभर ११ वटा मालपोतबाट छिटो छरितो सेवाप्रवाह दिन डिजिट्लाइज सिस्टमार्फत नमुना मालपोत घोषणा गरिएको छ ।

यसैगरी मन्त्री अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्ने बताइन् । जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको भन्दै मन्त्री अर्यालले अनुसन्धानमा कमजोरी भए अदालतले प्रश्न उठाउन सक्ने भएकाले विधि पुर्‍याएर अनुसन्धान गरिएको बताइन् । 


दुई वर्षको अवधिमा यस मन्त्रालयबाट हासिल भएका मुख्य मुख्य उपलब्धि
१ नीति, ऐन, कानूनी संरचना
भूमि व्यवस्थापन तर्फ
-    राष्ट्रिय भूमि नीति, 207५ जारी भएको ।
-    भूमिको व्यवस्थित र बैज्ञानिक उपयोग सुनिश्चित गर्ने, व्यवस्थित भूउपयोग कार्यक्रम लागु गर्ने,कृषि योग्य जग्गाको संरक्षण र व्यवस्थित आवास सुनिश्चित गर्ने गरीभूउपयोग ऐन, 2076 स्वीकृत भएको ।
-    भूमिहीन, सुकुम्बासी अव्यवस्थित बसोबासीहरुका समस्या सधैका लागि समाधान गर्ने र भूमिमा पहुँच स्थापना गरी सामाजिक न्याय कायम गर्ने गरी तर्जुमा गरिएकोभूमि सम्बन्धी ऐन (आठौं संसोधन) प्रमाणिकरणको चरणमा रहेको,
-    भूमी बैंक र भूमि बजार स्थापना लगायतका विषय समावेश गरी भूउपयोग नियमावलीको मस्यौदा तयार भएको
-    एकीकृत भूमि ऐनको तर्जुमा कार्य प्रारम्भ भएको
-    भूमि सम्बन्धी नियमावली (अठारौ संशोधन)को मस्यौदा तयार भएको 
-    भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउने सम्बन्धी नियमावली संशोधन भएको,
-    भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन निर्देशिकाको मस्यौदा तयार भएको

सहकारी तर्फ
-    सहकारी नियमावली, 2075 जारी गरिएको ।
-    सहकारी संस्थाको सघन अनुगमन कार्यविधी, साधारण सभा संचालन कार्यविधी, स्थिरीकरण कोष सम्बन्धी कार्यविधि स्वीकृत ।
-    सहकारी संस्था एकिकरण कार्यविधी, सहकारी प्रवर्धन कोष सम्बन्धी कार्यविधिको मस्यौदा तयार भएको
-    सहकारी संस्थाको लेखापरीक्षण निर्देशिका २०७५ लागू भएको
-    सहकारी संस्थाकोबचत तथा ऋण परिचालन सम्बन्धी ऐन तर्जुमा कार्य प्रारम्भ भएकोमस्यौदा तयार भएको
-    अन्तर सहकारी कारोवार सम्बन्धी कार्यविधिकोमस्यौदा तयार भएको

गरिबी निवारण तर्फ
-    गरिबी निवारण नीति, 207६ जारी भएको ।

२ प्रणाली सुधारतथानविन प्रविधिको उपयोग
भूमि व्यवस्थापन तर्फ

-    करीब 30 लाख जग्गा धनीको करीब 2 करोड ५0 लाख कित्ता जग्गाको अभिलेख डिजिटल प्रणालीमा आधारित अनलाइन सेवामा सुरक्षित हुने र कारोवारमा शुद्धता वृद्धि हुने गरीहालसम्म 108 वटा मालपोत कार्यालयमा LRIMS सेवा पुर्‍याइएको ।
-    सेवा प्रवाहमा सरलीकरण हुनुका साथै सेवा प्रवाहमा रहने मध्यस्थकर्ताको वोलवाला घटने तथा जग्गा सम्बन्धी सेवा प्रवाहमा नागरिकको प्रत्यक्ष पहुँच वृद्धि हुने गरी Public Access Model 11 वटा कार्यालयमा संचालनमा ल्याइएको।
-    कार्यालयको कामकारवाहीको प्रत्यक्ष निगरानी गर्न सकिने गरी 20 वटा मालपोत कार्यालयमा IP क्यामरा जडान गरिएको ।

नापी विभाग तर्फ
-    LiDARप्रविधिबाट नापजाच गर्न सुरु गरिएको ।
-    Cadastral Application System तयार गरी Piloting सम्पन्न गरिएको ।

सहकारी तर्फ
करिब ४००० सहकारी संस्थामा COPOMIS लागु भएको ।

३ सेवा प्रवाहमा सुधार 
-    ११ वटा मालपोत कार्यालयलाई आधुनिक प्रविधियुक्त कार्यालय ( नमूना कार्यालय) को रुपमा विकसित गरिएको
-    साविकमा मालपोत कार्यालयहरुबाट प्रचलनमा ल्याएका ठूला आकारको लिखत फारामहरुलाई सरलीकरण गरी A4 साईजमा ल्याई लागु गरी सेवाग्राही मैत्री बनाइएको ।
-    Cadastral Application System तयार गरी Piloting सम्पन्न गरिएको ।
-    532 स्थानीय तहहरुको भू-उपयोग नक्सा डाटा तयार भएको । 
-    369 स्थानीय तहको नक्सा डाटा हस्तान्तरण गरिएको ।
-    २६१७६.५४ हेक्टर पुनःनापी, गाँउब्लक नापी, र विशेष नापी सम्पन्न गरिएको।

४ सरकारी, सार्वजनिक र गुठी जग्गाको संरक्षण
-    व्यक्तिको नाममा रहेको 946 रोपनी 7 आना २ पैसा जग्गा, 125 विगाहा 16 कठ्ठा 16 धुर जग्गा  तथा 2829वर्गमीटर जग्गा नेपाल सरकारको नाममा ल्याइएको । 
-    सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग, 2076 को प्रतिवेदन प्राप्त भएको । सो प्रतिवेदन अनुसार नेपाल सरकारको नाममा जग्गा कायम गर्ने तथा गुठी कायम गर्ने सम्बन्धी काम अगाडि बढाइएको ।

५ अनौपचारिक भुसम्बन्धको तथ्याङ्क संकलन
बेलका नगरपालिका -3 को 10 वर्ग किलोमीटर क्षेत्र भित्र 1786 घरधुरीको 3300 कित्ता जग्गाको अनौपचारिक भूसम्वन्धको तथ्याङ्क संकलन गरिएको ।

६ अन्य 
-    नेपाल तथा चीन सरकार बीच समझदारी पत्रमा हस्ताक्षर गरी आगामी पाँच वर्षको लागि निशुल्क भू-उपग्रह चित्र (स्याटलाइट इमेज) प्राप्त हुने व्यवस्था मिलाइएको
-    ३४५१२ प्रारम्भिक सहकारी संस्थामध्ये करिब २९००० सहकारी संस्था र व्यवस्थापन प्रणाली स्थानीय तह एवम् प्रदेश सरकारमा हस्तान्तरण
-    २४ वटा संकलन केन्द्र निर्माण सम्पन्न भएको
-    २४ वटा संकलन केन्द्र निर्माणाधिन रहेका
-    थप 23 जिल्लामा गरिव घर परिवार पहिचान कार्यक्रम संचालन भै सोबाट 2 लाख 80 हजार डाटा संकलन भएको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप