बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानमा यात्रुवाहक विमान रनवेबाट चिप्लेर ‘हाइवे’ सम्म पुग्यो

सोमबार, १३ माघ २०७६, १६ : ३२
सोमबार, १३ माघ २०७६

दक्षिणपश्चिम इरानमा क्यास्पियन एयरलाइन्सको विमान सोमबार विमानस्थलको रनवेबाट चिप्लेर नजिकैको राजमार्गसम्म पुगेको छ । दुर्घटनामा विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको इरानको राष्ट्रिय मिडियाले जनाएको छ ।

‘महसहर विमानस्थलमा विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको हो । दुर्घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ आइआरएनएले जनाएको छ ।

केही इरानी मिडियाका अनुसार विमानमा १३५ यात्रु र ७ जना चालक दलका सदस्य सवार थिए । तर, आधिकारिक रुपमा यसको पुष्टि हुन सकेको छैन ।

आइआरएनएले विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै विमानको अवतरणमा प्राविधिक कारणले ढिलाइ भएको र सोही कारणले दुर्घटना भएको जनाएको छ ।

इरानी मिडियाले विमनको ल्यान्डिङ गियरले काम नगरेको कारण दुर्घटना भएको उल्लेख गर्दै यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

विमानमा इपी–सीपीजी, म्याकडोनल डलगस–८३ लेखिएको छ । विमान सन् १९९४ मा बनेको हो ।

स्रोत : अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप