शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रोडक्ट रिभ्यु : यामाहाको ‘एफजी २५’ – स्ट्रिट स्मार्ट र युवा लक्षित बाइक

शुक्रबार, ०९ भदौ २०७४, १३ : ५५
शुक्रबार, ०९ भदौ २०७४

काठमाडौँ– विश्व बजारमा मोटसाइकल उत्पादनका हिसाबले तहल्का मच्चाइहेको यामाहाको एउटा नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । एफजी सिरिजमा पूरै दक्षिण एसियामा लोकप्रियता कमाइरहेको ब्रान्ड मात्र नभएर यामाहाको ‘एफजी २५’ मोटरसाइकल नेपाली बजारमा निक्कै प्रतीक्षा गरिएको थियो । 

नेपालमा आगामी भदौ दोस्रो साताबाट सुरु हुन लागेको नाडा अटो सोमा पनि प्रमुख आकर्षक उत्पादनका रूपमा रहने यो बाइक युवा वर्गको रोजाइमा छ । नाडा अटो सोको पूर्व सन्ध्यामा नेपाली बजामा सार्वजनिक हुनुले पनि यसलाई थप चर्चामा पुर्याएको छ । नाडा अटो सोमा यो बाइक यस पटक दुई पाङ्ग्रे उत्पादनमध्ये प्रमुख आकर्षणका रूपमा रहने छ । 

सेग्मेन्टकै बलियो ब्रान्डका रूपमा स्थापना भएको यो मोटरसाइकल खासगरी युवा लक्षित छ । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिङ्गल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहनुले आफैमा यसको प्रभावकारिता देखाएको छ । 

बाइकमाथि नियन्त्रण सहज हुने भएकाले वजन कम गरी १४८ केजीमा सीमित गरिएको छ । बहुप्रतीक्षित यो ब्रान्डमा अधिकतम विशेषता हुनुले पनि एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’का रूपमा स्थापित गरिदिएको छ । यो नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा पस्किएको हो । 

गत साता मात्र नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक भएको हो बाइक अत्याधुनिक र नयाँ प्रविधियुक्त मात्र छैन वातावरणमैत्री समेत छ । नेपाली सडकमा सुहाउँदो गरी बनाइएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने छ । 

के छन् विशेषता 
८ हजार आरपीएममा २०.९ पीएसको अधिकतम पावर र ६ हजार आरपीएममा २० एनएम बराबरको अधिकतम टर्क उत्पन्न गर्ने एफजी २५मा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट छ । जुन २५० सीसीको बाइकमा पहिलो नै हो । आकर्षक एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, मडगार्ड र एमटी सिरिजका बाइकमा झैँ स्पोक डिजाइन भएका ह्विल र रेसिङ स्टाइलको फुटप्याड पनि छन् । यी कारणले नै यसलाई टप–एन्ड मोडेलको नयाँ दाबेदार बनाइदिएको हो । यो बाइकलाई रेसिङ मात्र होइन, दैनिक प्रयोजनलाई मिल्ने गरी डिजाइन गरिएको छ । 

एजी २५मा जापानी बजारमा सफल स्पोर्टस् बाइकमा प्रयोग हुने २४९ सीसीको विश्वासिलो इन्जिन जडित छ । नेपाली सडक सुहाउँदो ट्युनिङ गरिएको यो बाइकमा यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको छ । यसले बाइकको पर्फमेन्सलाई बढाउने मात्र होइन, इन्धन खपतलाई न्यून गर्ने काम पनि गर्छ । अर्कोतिर वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ । लुकिङ ग्लास, ह्यान्डल, सिटकभर, हेड लाइट पनि उत्तिकै आकर्षक डिजाइनमा छ । 

युवा वर्ग लक्षित बाइक
यामाहाले सन् २००८ मा निकै रुचाइएको एफजी सिरिज बजारमा ल्याएको थियो । यो नेपालमा मात्र होइन पूरै दक्षिण एसियामा निकै चर्चित सिरिजका रूपमा स्थापित छ । यही कारणले नै यामाहाले डिलक्स सेग्मेन्टबाट प्रिमियम सेग्मेन्टमा पनि एफजीलाई विस्तार गरेको हो । 

पावर, आकर्षक नयाँ फिचर, स्पोर्टी लुक र एग्रेभिस स्टाइल भएको यामाहाको नयाँ विकल्प हेकाले ‘एफजी २५’ पावर, कन्ट्रोल र ब्यालेन्सको मिक्सचर भन्न मिल्ने कम्पनीको भनाइ छ । यो बाइक स्ट्रिट स्मार्ट र युवा राइडर्सप्रति लक्षित छ । एफजी २५ मा जुन विषेशता छन् ती २० देखि ३५ वर्षसम्मका राइडरलाई आकर्षित गर्ने नै रहेको जनाइएको छ । 

कसरी सफल भयो यो सिरिज
सन् २००८ मा लन्च गरेदेखि नै यामाहाको एफजी सिरिज निकै सफल सिरिजको रूपमा रहँदै आयो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि जडान गरेपछि एफजी सिरिजका बाइकको पर्फर्मेन्स र माइलेज झनै बढेर गयो । एफजी सिरिज नेपालमा मात्र होइन पूरै दक्षिण एसियामा लोकप्रिय नै छ । 

‘यसले आफूलाई सेग्मेन्टकै बलियो ब्रान्डका रूपमा स्थापना गरिसकेको छ,’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल भन्छन्, ‘एफजी राइडरले हाइयर रेन्ज मोडेलको अनुभव गर्न पाउने मात्र नभई नेपाली बाइकप्रेमीलाई हाई पावर, हाई टर्क, आकर्षक फिचर, मस्कुलिन लुक्स र एग्रेसिभ स्टाइलसहितको नयाँ विकल्प दिइहेका छौँ ।’ उत्कृष्ट डिजाइन र आरामदायी विशेषताले यो बाइक दैनिक प्रयोजनका लागि पनि उपयुक्त रहेको कम्पनीको भनाइ छ । 

रोजाइ अनुसारको कलर
यामाहाले आफ्नो नयाँ उत्पादन एफजी २५ लाई तीन फरक तर आकर्षक कलरमा पस्किएको छ । जसमा ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छन् । यो कलर निक्कै आकर्षक  राजाइमा पर्ने कलर हो । बाइकप्रमीका लागि यी कलरले गर्दा बजार प्रवद्र्धनमा थप सहयोग पुग्ने देखिएको छ । 

कति छ बजार मुल्य 
एमएडब्लु इन्टरप्राइजेजले एफजी २५ को बजार मूल्य ३ लाख ४४ हजार ९ सय रूपियाँ तोकेको छ । यो नेपाली उपभोक्तालाई सुहाउने मूल्य रहेको कम्पनीको भनाइ छ । 

बाइक किन्दा उपहार
यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले एफजी २५ को टेस्ट राइड गर्ने ग्राहकका लागि पनि आकर्षक उपहारको योजना ल्याएको छ । सीमित अवधिका लागि सञ्चालन हुने यो योजना अनुसार यामाहाको नयाँ बाइकको टेस्ट राइड गर्नेले एप्पलको म्याकबुक जित्ने मौका पाउने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप