बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सपथ लगत्तै सभामुखसँग चिनियाँ राजदूतको भेटवार्ता

सोमबार, १३ माघ २०७६, १५ : ०१
सोमबार, १३ माघ २०७६

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छिन् । 

आइतबार सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी थिइन् । 

सोमबार मात्रै सभामुखको सथपग्रहण गरेका सापकोटालाई भेट्न सिंहदरबार पुगेकी राजदूत यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरेकी थिइन् । 

राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन् । 

नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कुटनीतिक नियोगको पहिलो व्यक्ति बनेकी छिन् । 

 सापकोटाले सोमबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप