मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

सोमबार, १३ माघ २०७६, १४ : ३१
सोमबार, १३ माघ २०७६

सिरहा । शिक्षकको कुटपिटबाट सिरहाको मिर्चैयास्थित स्वास्तिक पाठशालामा अध्ययनरत एक विद्यार्थीको हात भाँचिएको छ । कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका– २ बसविट्टनका १३ वर्षीय रितिक यादवको हात भाँचिएको हो । गृहकार्य नगरेको भन्दै नेपाली शिक्षक तारा कार्कीले आइतबर रितिकमाथि कुटपिट गरेपछि बाँया हात भाँचिएको उनका आफन्तले जनाएका छन् ।

नेपाली विषयका शिक्षक कार्कीलाई विद्यार्थी रितिकले हात कालिएकोले गृहकार्य गर्न सकिन भन्दाभन्दै पनि कुटपीट गरेको बताए । उनले भने, ‘मैले हातमा घाउ भएकाले गृहकार्य गर्न सकिन, शिक्षकलाई पनि यही कुरा भनें, तर उहाँले सवैको गृहकार्य चेक गरिसकेपछि मलाई लठ्ठिले हाने, मेरो हात भाँचियो ।’ ‘मैले नकुट्न आग्रह गर्दा पनि शिक्षकले सुन्दै सुन्नुभएन, मलाई लाठीले कुटेको कुट्यै गर्नुभयो’ रितिकले सुनाए ।

कुटपिटबाट यादवको हात भाँचिएको परिवारजनले जनाएको छ । रितिक ६ वर्षदेखि स्वास्तिक पाठशालामा छात्रावासमा बसेर पढ्दै आएको उनका काका देवकुमार यादवले बताए । घटनाबारे पाठशालाका संस्थापक प्रिन्सिपल महेश्वर कार्कीले घटना भइसकेको छ, यसमा मैले अब के भन्ने ? भन्दै आफूसँग घटनाको बारेमा केही भन्ने ठाउँनै नरहेको बताए ।

उनले आफूले विद्यालय चलाउन धेरै मेहनत गरेको भन्दै यसलाई एउटा दुर्घटनाको रुपमा लिन आग्रह गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका देवकुमार यादवले बालबालिकालाई  यसरी मरन्नासन्न हुनगरी  कुटपीट गर्नु अपराध भएको भताउँदै यस्ता अपराधी शिक्षकलाई कार्वाही गर्नुपर्ने बताए । रिकिका ठूलोबुवा समेत रहेका यादवले बालबालिकालाई गाई बाख्रालाई जस्तो गरी हातै भाँचिउन्जेल कुटपिट गर्ने त्यो विद्यालय नभएर यातना गृहजस्तो भएको आरोप लगाए । 

विद्यालयमा यस्तो घटना पटक–पटक हुने गरेको बताइएको छ । राम्रो अनुशासन र पढाईको नाममा विद्यालयलाई यातना गृहजस्तो वनाएको यादवले आरोप लगाए । उनले घटनामा संलग्न शिक्षकलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप