केन्द्रीय संस्करण

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि अब अनलाइनबाटै टिकट

person explore access_timeमाघ १३, २०७६ chat_bubble_outline0

काठमाडौं– महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइन सेवाको सुरु गरेको छ । 

सेन्टरले उपचारको लागि आउने सेवाग्राही विरामीहरुको सुविधाको लागि अस्पतालको टिकट (अपोइन्टमेन्ट) घरमा नै बसेर लिन मिल्ने अनलाइन अपोइन्टमेन्ट सिस्टमको सुरुवात गरेको छ । 

एन्ड्रोइड मोवाइल फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरमा उपलब्ध “मनमोहन सेन्टर” नामको एप डाउनलोड गरि सोमार्फत जचाउन चाहेको दिनको टिकट लिन पाइने व्यवस्था गरिएको छ । सोही सुविधा सेन्टरको वेवसाइट www.mcvtc.org.np मा गएर समेत लिन सकिने र अपोइन्टमेन्ट÷टिकटको शुल्क ई–सेवा तथा प्रभु–पेबाट सोझै तिर्न सकिने व्यवस्था गरिएको छ । 

सेन्टरको लागि मिडास टेक्नोलोजीजले विकास गरेको सो एप आइओएस प्रयोगकर्ताहरुको लागि पनि छिट्टै उपलब्ध गराउने गृहकार्य भईरहेको सेन्टरले जनाएको छ । माघ १२ गते त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदिश प्रसाद अग्रवालले अस्पताल प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच अनलाइन अपोइन्टमेन्ट सिस्टमको उद्घाटन गरे । 

प्रविधिको प्रयोगमा आम सर्वसाधरणको सक्रियता बढि रहेको वर्तमान समयमा यस सेवाले अस्पतालमा जचाउन विहानै देखि लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भई विरामीहरुले घरैबाट टिकट (नामदर्ता) गराएर आफ्नो पालो पर्ने समयमा अस्पताल आई सेवा लिनेको संख्या विस्तार हुने अपेक्षा गरेको छ । 

सेन्टरको अनलाइन टिकट आफै लिन असमर्थ भएमा देशभरी फैलिएका इसेवा तथा प्रभु पेका एजेन्सीहरुको पनि सहयोग लिन सकिने व्यवस्था गरिएको छ । अस्पतालको टिकट अनलाइनबाटै लिन पाउने सुविधाको प्रयोग गरि उपलब्ध गराइएको समयमा अस्पताल आई सेवालिन सम्पूर्ण सेवग्राहीलाई अस्पताल प्रशासनले अनुरोध गरेको छ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...