शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुवाखालबाट वडा अध्यक्ष २२ लाख नगदसहित पक्राउ

सोमबार, १३ माघ २०७६, १३ : ३०
सोमबार, १३ माघ २०७६

कैलाली । गत राती वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालीका वडा नं. ३ को मिलन चोकबाट जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर १० बाट नेपाली काँग्रेसबाट वडा अध्यक्ष चुनिएका रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट २२ लाख ८२ हजार नगद पनि बरामद गरेको बताए ।

पक्राउ पर्ने निम्न रहेका छन् :

१.जिल्ला कैलाली गोदावरी न.पा.१० बस्ने बर्ष २८ को रबिन्द्र शाही

२.जि.कन्चनपुर भि.न.पा. ३ बस्ने बर्ष ३४ को  धिरेन्द्र  चन्द

३.जिल्ला कन्चनपुर वेलौरी न.पा. १  बस्ने बर्ष ३४ को भुवन कुवर

४.जिल्ला कैलाली धनगढी उप महानगर पालिका ३ बस्ने बर्ष ३८ को तिलक अधिकारी

५.ऐ.ऐ.१३ बस्ने बर्ष ३४ को रमेश खड्का

६.ऐ.ऐ. ४ बस्ने बर्ष ३५ को खेम राज भट्ट

७.ऐ.ऐ.२ बस्ने बर्ष ४१ को जनक दौल्याल

८.ऐ. गोदावरी न.पा. १०बस्ने बर्ष २८ को सन्देष तामाङ्

९.ऐ. गोदावरी न.पा. ३ बस्ने बर्ष ३८ को मोहन खड्का

१०.जिल्ला बैतडी दशरथ चन्द न.पा. ८ बस्ने बर्ष ३१ को अमित गुरु

११.जिल्ला बझाङ जयपृथ्बी न.पा.१० बस्ने बर्ष ३५ को प्रेम बहादुर सिंह

१२. जिल्ला बैतडी दशरथ चन्द न.पा. ४ बस्ने बर्ष ३० को सुर्य भट्ट

१३.ऐ.पुर्चौडी न.पा.८ बस्ने बर्ष ५० को कालु सिंह धामी

१४. जिल्ला कैलाली धनगढी उप महानगर पालिका ३ बस्ने बर्ष ३७ को चन्द्र मणि अधिकारी

१५.जिल्ला दार्चुला नौगाड गा.पा. ४ बस्ने बर्ष ३३ को जय सिंह धामी

१६.ऐ.महाकाली न.पा. ४ बस्ने बर्ष ३८ को मंगल ठगुन्ना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप